Monday, 5th October, 2026
वि.स.

अब यात्रा गर्दा ‘भ्याक्सिन पासपोर्ट’ !

corona-vaccine-civil-hosp-1614564003.jpg

कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको ‘भ्याक्सिन पासपोर्ट’ को व्यवस्था समग्र विश्वले अवलम्बन गर्ला ?

खोप लगाएका र नलगाएकालाई पहिचान गर्ने विधि र हेर्ने दृष्टिकोण के होला ? खोपलाई स्वेच्छाको विषय मात्र बनाउँदा यसले महामारी नियन्त्रणलाई के प्रभाव पार्ला भन्नेमा मात्र होइन, विश्वभरि चासो छ । नेपालमा खोप लगाइसकेपछि खोप सर्टिफिकेट दिने भनिएको छ तर अन्यत्रजस्तो खोप लगाएका व्यक्तिको जानकारीसहित मोबाइल एपको विकास गरिएको छैन ।

अन्तर्राष्ट्रियरुपमा सर्वमान्य विधि तथा मापदण्ड नभए पनि केही देशले कोरानविरुद्ध खोप लगाएको प्रमाणपत्रको तयारी गरिसकेका छन् । डेनमार्क र स्विडेन भ्याक्सिन पासपोर्टको रुपमा चिनिने डिजिटल भ्याक्सिन सर्टिफिकेट प्रणाली सुरु गर्न अन्तिम तयारीमा छन् । खोप लगाएको प्रमाण आवश्यक हुने देशमा यात्रा गर्दा तथा स्वेदशमै यात्रा गर्दा यो प्रमाणपत्र उपलब्ध गराइनेछ ।

-नागरिक दैनिक



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०