Thursday, 20th August, 2026
वि.स.

अब प्रदेश ३ भित्र औषधीको अभाव हुन्नः सामाजिक विकास मन्त्री दुलाल

dulal-sir-1555982134.jpg

प्रदेश ३ का  सामाजिक विकास मन्त्री युवराज दुलालले अब प्रदेश ३ सरकारले प्रदेश भित्र औषधीको अभाव हुन नदिने भन्दै अब औषधी अभाव भयो भनेर गुनासो नआउने बताएका छन ।

सोमबार प्रदेश ३ को समाजिक विकास मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको उदघाटनका क्रममा बोल्दै स्वस्थ्थ सेवा को जिम्मा प्रदेश मातहतमा आएको भन्दै मन्त्री दुलालले केन्द्रका कर्मचारीहरुलाई औषधिको व्यवस्थापन, भण्डारण, वितरण तथा अनुगमन प्रभावकारी ढङ्गले गर्न गराउन निर्देशन दिएका हुन् । उनले स्वास्थ्य क्षेत्रकै सबैभन्दा संवेदनशील कार्यालय औषधि आपूर्ति व्यस्थापन केन्द्र रहेको भन्दै अब प्रदेश ३ सरकारले प्रदेश भित्र औषधीको अभाव हुन नदिने बताएका छन ।

कार्यक्रममा बोल्दै प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक मनोज साउदले केन्द्रले प्रदेशका १३ जिल्ला र तत्काल प्रदेश २ का केहि जिल्लाका स्वास्थ्य संस्थालाई औषधि वितरण, व्यस्थापन लगायतका काम गर्ने र अब औषधिको औषधीको अभाव नहुन बताए । कार्यक्रममा केन्द्रमा प्रमुख रमण झाले केन्द्र अब औषधिको व्यवस्थापन, भण्डारण, वितरण तथा अनुगमन प्रभावकारी ढङ्गले लाग्ने बताए ।

प्रदेश ३ सामाजिक विकास मन्त्रालयका सचिव दिपेन्द्र सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ प्रदेश ३का अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुर पुर्व अध्यक्ष राममणी दाहाल, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, हेटौँडा वडा नम्बर १का अध्यक्ष सविन न्यौपाने, हेटौँडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल लगायतकाको सहभागिता रहेको थियो । 
केन्द्रमा २७ जना कर्मचारी रहेका छन ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०