Thursday, 20th August, 2026
वि.स.

अफवाह: सहरमा छोडिए आठ सय बाघ र सिंह

singa2-1584930029.jpg

 रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना महामारी कोभिड १९ को संक्रमणबाट नागरिकहरुलाई बचाउन सहरमा ८ सयको संख्यामा सिंह र बाघहरु छोडेको केही अन्तर्राष्ट्रिय मिडियाहरुले अफवाह फैलाएका छन् ।

ती मिडियाका अनुसार राष्ट्रपति पुटिनले नागरिकहरुलाई घरमा राख्नको लागि सिंह र बाघहरू सहरमा छोडेको बताएका हुन् । तस्विरमा सिंह रातको समयमा क्रसरोडमा देखिन्छ भने सडकको छेउमा पार्क गरिएका धेरै कारहरू पनि देखिएका छन् ।

तर कतिपयले यसलाई अफवाहका रूपमा लिएका छन् र फोटो रुसको नभएर दक्षिण अफ्रिकामा खिचिएकाे फोटो सन् २०१६ को भएकाे बताएका छन् । सडकमा देखिएको सिंह सुटिङको लागि छाडिएको पाल्तु सिंह भएकाे र यसकाे नाम कोलम्बस रहेकाे उनीहरूकाे तर्क छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif