Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

अपडेटः थाहानगरमा कार दुर्घटना, चालकसहित २ महिला घाइते

acc-1594455829.jpg

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ थानाबजार नजिकै निजी कार दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

हेटौंडाबाट आएको प्रदेश ३-०१-०२२ च ६६३० नम्बरको कार दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।  

दुर्घटनामा परी घाइतेहरुमा ६७ वर्षिय चालक देव न्यौवपाने, २८ वर्षिय ज्योति विक ३७ वर्षिय संगिता विक रहेका छन् । 

दुर्घटना परी घाइते भएका तीनै जनाको पालुङ्ग प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार  भैरहेको डाक्टर सुबोध चापागाईले जानकारी दिए । उनीहरु सबैको अवस्था सामान्य रहेको डाक्टर चापागाईले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०