Wednesday, 1st July, 2026
वि.स.

अन्तर मा.वि. रनिङ शिल्ड हाजिरीजवाफमा हिमालयन प्रथम

40444289_725621361103585_-1535779964.jpg

अन्तर माध्यामिक रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगितामा हिमालयन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल प्रथम हुन सफल भएको छ । उत्तरी मकवानपुरको थाहामा हिमालयन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलको आयोजनामा शुक्रवार सम्पन्न अन्तर माध्यामिक रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगितामा १ सय ८५ अंकले आयोजक स्कुल नै प्रथम हुन सफल भएको हो । हिमालयन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल व्यवस्थापन समितिका सदस्य मनोज अधिकारीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल तोयानाथ काफ्लेको सभापतित्व र शिक्षक संगम कार्कीको संयोजकत्व रहेको थियो ।
कार्यक्रममा सरस्वती विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुल १ सय ५० अंकका साथ द्वितीय र इअन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल १ सय २० अंकका साथ तृतीय स्थान हाँसिल गर्न सफल भएका छन् । 

प्रतियोगितामा जनकल्याण मा.वि, झम्केश्वरी मा.वि, पालुङ बोर्डिङ इङ्लिस स्कुल, सुनौला मा.वि, बज्रबाराही मा.वि, मत्स्यनारायण मा.वि र भ्यालीहार्ट मा.वि गरी १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ सय सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई नगद १ हजार सहित मेडल र प्रमाणपत्र र तृतीय हुनेलाई नगद ५ सय सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको हिमालयन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक रुपक उप्रेतीले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।