Friday, 3rd July, 2026
वि.स.

अत्यावश्यक सेवा बाहेकका कार्यालय बन्द गर्न प्रशासनको निर्देशन

DAO..-1584870992.jpg

जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय बाहेकका अन्य कार्यालयहरु बन्द गर्न सूचना जारी गरेको छ । कार्यालयले आज एक पत्र जारी गर्दै कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको निर्देशन अनुसार कार्यालयहरु बन्द गर्न आग्रह गरेको छ ।

कार्यालयले जारी गरेको पत्र अनुसार नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा बाहेकका कार्यालयले चैत ९ गते देखि चैत २१ गते सम्म बन्द गर्न निर्देशन गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर शान्ति सुरक्षा, विपद् व्यवस्थापन लगाएतका अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय मात्र संचालन गर्न पाइने व्यहोरा प्रकाशन गरेको छ ।