Friday, 21st August, 2026
वि.स.

अति विपन्न परिवार र सांस्कृतिक सम्पदालाई निशुःक विद्युत मिटर

download-1560754360.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विपन्न परिवार तथा सास्कृतीक सम्पदाहरुलाई निशुल्क विद्युत मिटर वितरण गर्ने भएको छ । प्राधिकरणले देशभरका वितरण केन्द्रमार्फत पैसा तिरेर खरिद गर्न नसक्ने परिवारलाई निशुल्क मिटर दिन सुरु गरे सँगै पालुङ वितरण केन्द्रले पनि यो अभियान शुरु गरेको हो ।

आर्थिक् अभाबका कारण विद्युत मिटर लिन नसकेर विद्युत उपभोग गर्न नसकेका ग्राहकहरुलाई ५/३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज मिटर र एमसिबी बक्स निशुल्क दिन लागिएको प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमूख सन्तोष प्रसाद पन्तले जानकारी दिए । वितरण केन्द्र प्रमूख पन्तका अनुसार विपन्न परिवारलाई पनि आधिकारिक ग्राहकको सूचीमा अनुबन्धित गर्न सम्बन्धित स्थानीय तहको सिफारिसका आधारमा प्राधिकरणले निशुल्क मिटर जडान गरिदिन सुरु गरेको हो । शुल्क तिर्नु नपर्दा विपन्न परिवारले विद्युत मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसिबी, २ वटा पोल (करिब १ सय मिटर) सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्क र नयाँ मिटर जडान गर्दा लाग्ने ३ हजार ५ सय रुपैयाँबराबरको रकममा राहत पाउने छन् ।

यसअघि यति रकम जुटाउन नसक्दा विपन्न परिवारले टुकी वत्तीको सहारामा वा हुकिङबाट विद्युत चोरी गरेर उपयोग गर्दै आएका थिए । पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत प्रयोग गरिरहेको थियो, प्राधिकरणले निशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने तथा अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटनामा कमी हुनेछ विश्वास लिएको छ । सरकारले चालु आर्थिक वर्षमा विपन्न वर्गलाई निशुल्क मिटर वितरण तथा जडान कार्यक्रम कार्यान्वयन गर्न ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले उपलब्ध गराएको रकम ८ क्षेत्रीय कार्यालयमार्फत निशुल्क मिटर वितरण तथा जडानमा खर्च हुने प्राधिकरणले जनाएको छ । कार्यक्रम देशभर कार्यान्वयन गर्न सबै क्षेत्रीय कार्यालयलाई ५/५ करोड रुपैयाँ दिइएको छ । क्षेत्रीय कार्यालयले प्राप्त रकम विपन्न वर्गको परिवार संख्याका आधारमा आफु मातहतका वितरण केन्द्रमा बाँडफाँड गरेको छ । पालुङ वितरण केन्द्रले निशुल्क मिटर वितरणको लागि सिफारिस गर्न उत्तरी मकवानपुरका थाहा नगरपालिका, ईन्द्रसरोवर गाँउपालिका, कैलाश गाँउपालिका र भिमफेदी गाँउपालिकालाई पहिचानगरि सिफारिस गर्न अनुरोध गरिसकेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif