Saturday, 22nd August, 2026
वि.स.

अग्नीपीडित उर्मिलालाई पालुङ बहुउद्देश्यीयबाट २५ हजार सहयोग

Aagolagi-1584629155.jpg

मकवानपुर थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.ले अग्नीपीडित भएकी आफ्नो सदस्य उर्मिला विष्टलाई सहयोग गरेको छ ।

सहकारी संस्थाले ५ चैत बेलुकी घर आगलागी भएर पीडित भएकी विष्टलाई २५ हजार रुपियाँ सहयोग गरेको हो । संस्थाको सदस्य हितकोषबाट प्रथम चरणमा सहयोग गरेको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष पुरुषोत्तम कार्की, उपाध्यक्ष कृष्ण बहादुर विष्ट र सचिव अरुण रायमाझी सहितको पदाअधिकारी टोलीले नगद सहयोग गरेको हो । उर्मिलाको घर जलेर पूरै नष्ट भएको छ भने घरबाट अन्नपात तथा लत्ताकपडा केही झिक्न नभ्याएको स्थानीयहरुले बताएका छन् । 

  • यो पनि पढ्नुहोस्

थाहानगर डाँडागाउँका विष्टको घर जलेर नष्ट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif