Thursday, 20th August, 2026
वि.स.

अगुवा किसानलाई आलुखेती प्रविधि तालीम

मकवानपुर थाहा नगरपालिका स्थित शीतोष्ण बागवानी नर्सरी केन्द्र दामनमा आलुखेती प्रविधि सम्बन्धी अगुवा कृषकहरुलाई पाँचदिने तालीम दिइएको छ । 

२७ जनाको सहभागिता रहेको तालीममा उन्नत खेती प्रविधि सम्बन्धी तालीम दिइएको थियो । तालीममा दामन, पालुङ, बज्रवाराही तथा भिमफेदी गाउँपालिकाका कृषकहरुको सहभागिता रहेको थियो ।  सहभागीहरुलाई शीतोष्ण बागवानी नर्सरी केन्द्र दामनका बरिष्ठ बागवानी विकास अधिकृत आइतसिं गुरुङ, बागवानी विकास अधिकृत युवराज विक, कृषि प्राविधिक राजकुमार श्रेष्ठ, पुनम पौडेल र पवित्रा काफ्लेले सहजीकरण गरेका थिए । 

तालीमका सहभागीहरुलाई १५ चैत्रमा एक समारोहकाबीच प्रमाणपत्र वितरण गरिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०