Tuesday, 25th August, 2026
वि.स.

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

Nabin-1597201838.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरसको संक्रमण भएको छ।

घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दियो। केही दिन अघि उनका भान्से, ड्राइभर र पछुवा गाडीमा हिँड्ने प्रहरी गरी छ जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । ज्वरो आएको भन्दै कार्यालयसमेत नआई उनी घरमै आइसोलेसनमा बसेका थिए ।

अहिलेसम्म अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना सङ्क्रमण भएको छ । उनीहरूमध्ये अहिलेसम्म कोही पनि अस्पताल भर्ना भएका छैनन्।

अख्तियारका अरू ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ। उनीहरूको रिपोर्ट अझै आउन बाँकी छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif