Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

‘स्वास्थ्य सर्तकता अपनाउनुस्’– जिसस प्रमुख खुलाल 

raghu-khulal-1598924577.jpg

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्वास्थ्य सतृकता अपनाउन सम्पूर्ण मकवानपुरवासीमा आव्हान गरेका छन् । १५ भाद्रमा एक विज्ञप्ती जारी गर्दै प्रमुख खुलालले समुदाय स्तरमै कोरोना भाइरसको सङ्क्रमण देखिन थालेकाले आम जिल्लाबासीमा आवश्यक स्वास्थ्य सर्तकता अपनाउन आव्हान गरेका हुन् । 

विज्ञप्ती मार्फत प्रमुख खुलालले कोरोना भाइरसको अहिलेसम्म कुनैपनि उपचार बिधि आइनसकेको र थोरै सावधानी अपनाइएमा यस भाइरसको सङ्क्रमणबाट बच्न सकिने हुँदा स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गर्दै अनुसाशित भएर कार्यहरू गर्न समेत आग्रह गरेका छन् । उनले भनेका छन्–‘लामो समयको बन्दाबन्दीका कारण आम सर्वसाधारण जनताको दैनिकीमा ठुलो असर परेको छ । सधैम्भरि बन्दाबन्दीमै बस्न समेत नसकिने हुँदा जिल्लामा जारी निषेधाज्ञा समेत केही खुकुलो बनाउँदै स्वरुप परिर्वतन गरेर जनतालाई आफ्नो दैनिकीमा फर्काउने लक्ष्य लिईएको छ । तर, बन्दाबन्दी वा निषेधाज्ञाको स्वरुप परिर्वतन गर्दैमा पनि यस समस्याको समाधान हुनसक्ने अवस्था नरहेकाले आम मकवानपुरबासी आफै सचेत भएर सुरक्षित हुन जरुरी छ ।”

उनले स्वास्थ्य सम्बन्धी मापदण्डको परिपालना गर्दै सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने, नियमित रुपमा साबुनपानीले हात धुने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सकेसम्म घर बाहिर ननिस्कन र निस्कनै परेमा स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाउन आव्हान गर्नुभएको छ । साथै कोरोना भाइरसको सङ्क्रमण भई हालेमा पनि स्वास्थ्य सर्तकता र सावधानी अपनाएमा यस रोगबाट निको हुन सकिने हुँदा त्यसतर्फ ध्यान दिन सबैमा आग्रह गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०