Thursday, 2nd July, 2026
वि.स.

६ करोड कारोबार गर्ने लक्ष्य सहित तेस्रो थाहा महोत्सव

थाहा नगरपालिकाको इन्द्रायणी चौरमा कार्तिक १० देखि १८ गतेसम्म तेस्रो थाहा महोत्सव हुने भएको छ । महोत्सव मूल आयोजक थाहानगर उद्योग वाणिज्य संघले २ असोजमा संघको कार्यालयमा पत्रकार सम्मेलन गरेर महोत्सवको मिति तथा उद्देश्यहरुको विषयमा जानकारी गराएको हो । 

उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको अध्यक्षतामा भएको महोत्सवमा थाहानगरका पत्रकारहरु तथा संघका पदाअधिकारीहरुको उपस्थिती रहेको थियो । महोत्सव नाफाघाटा नभई स्थानीय कला संस्कृति र पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष खत्रीले जानकारी दिए । ‘कृषि पर्यटन र पुर्वाधार, आर्थिक विकासको मूल आधार’ भन्ने नाराको साथ संचालन हुने महोत्सवमा १ सय ९९ वटा स्टल रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

नौ दिनसम्म संचालन हुने महोत्सवमा १ लाख ८० हजार अवलोकनकर्ता रहने र छ करोड कारोबार हुने अनुमान गरिएको छ ।