Tuesday, 18th August, 2026
वि.स.

३ नम्बर प्रदेश राजधानी तोकेकोमा हेटौंडा उपमहानगरको स्वागत

नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको हेटौडा उपमहानगरपालिकाले स्वागत गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ३ माघ साँझ प्रेस बिज्ञप्ती जारी गर्दै तीन नंम्बर प्रदेशको राजधानी हेटौडालाई अस्थायी रुपमा तोकेकोमा मेयर महतले स्वागत गरेका हुन् ।

हाललाई अस्थाई रूपमा प्रदेशको राजधानी हेटौडा तोकिएपनि प्रदेश शभाको बैठक पछिपनि यस हेटौंडालाई स्थायी रूपमा तीन नम्बर प्रेशको राजधानी बनाउन मेयर महतले बिज्ञप्ती मार्फत आग्रह गरेका छन् । अहिले गरिएको निर्णाय लाई प्रदेशशभाले पनि निरन्तरता दिनेमा उपमहानगरपालिका पूर्ण रूपमा विश्वस्त रहेको उनले बताए । यस निर्णय गराउनका लागी उपमहानगरपालिकाका जन प्रतिनिधि सहित मकवानपुरका १० वटै स्थानीय तहले दवाव दिंदै आएका थिए । 

यस  अघि मकवानपुरबाट बिभिन्न राजनैतिक दल, सामाजिक संघ संस्था, ब्यबसायिक प्रतिस्ठान र स्थानिय तहले जिल्ला प्रसाशन कार्यालय र क्षेत्रिय प्रसाशन कार्यालय मार्फत प्रधानमन्त्रिलाई  ज्ञापन पत्र समेत बुझाइएको थियो । त्यहि दबाब स्वरूपपनि सरकारले मन्त्रिपरिषदको बैठकबाट  तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णय गरेकोमा उपमहानगरपालिकाले स्वागत गरेको हो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif