Wednesday, 26th August, 2026
वि.स.

२४ घण्टामा ७०७ जनामा कोरोना संक्रमण : ६ जनाको मृत्यु

covide1-1597920877.jpg

पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ। बिहीबार कोरोना संक्रमण पुष्टि भएकामध्ये १९२ महिला र ५१४ पुरुष रहेका छन् । योसहित संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। 

पछिल्लो २४ घण्टामा २६३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ९६४ पुगेको छ।मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रिय संक्रमितको संख्या ११ हजार ५५५ रहेको छ । अहिले क्वारेन्टाइनमा ११ हजार ७६८ जना रहेका छन् । 

मन्त्रालयका अनुसार २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई महिला र चार पुरुष रहेका छन् । काठमाडौंकी एक महिला, मकवानपुर, सप्तरीका एकएक पुरुष र पर्साकी एक महिला र दुई पुरुषको २४ घण्टामा मृत्यु भएको हो ।   योसँगै कोरोनाले ज्यान गुमाउने १२६ पुगेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif