Wednesday, 26th August, 2026
वि.स.

११ सय २० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४१ हजार ६४९ पुग्यो

covide-1599043832.jpg

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४१ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। बुधबार नयाँ संक्रमितमा  ३२० महिला र  ८०० पुरुष छन्।

यस्तै मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन्। क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ छ।

पछिल्लो २४ घण्टामा १११२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ। नेपालमा कोरोनाबाट  २५१ जनाको मृत्यु भएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif