Friday, 21st August, 2026
वि.स.

हेटौडा राईर्डस कलबले ४ गते हेटौडा कोरा साईक्लिङ्ग च्यालेन्ज आयोजना गर्ने

HRC-1563511258.jpg

स्वाथ्यका लागी साईकल भन्ने मुल नारा लिएर बिभिन्न गत्तिबिधि गरीरहेको हेटौडा राईर्डस कलबले हेटौडा कोरा साईक्लिङ्ग च्यालेन्ज आयोजना गर्ने भएको छ । बिश्व साईकल यात्री पुस्कर शाहको आतिथ्यतामा आगामी यहि श्रबण ४ शनिवारका दिन आयोजना गर्न लागेको साईक्लिङ्ग च्यालेन्जले आफुको लागी आफै च्यालेन्ज गरौ भन्ने अभिवार्य राखेको कलबका अध्यक्ष बिकाश ताम्राकारले बताए । ५० किलोमिटरको यात्रा गरीने हेटौडा कोरा साईक्लिङ्ग च्यालेन्जमा भाग लिन जिल्ला बाहिरबाट साईकल यात्रीहरुको सहभागीता रहने बताईएको छ ।

कार्यक्रममा बारा, पर्सा, उदयपुर, काठमाण्डौ, ललीतपुर, भक्तपुर, चित्तवन, कैलाली, धादिङ्ग लगाएतका जिल्लाहरुबाट साईकल यात्रीहरु सहभागी हुने अध्यक्ष ताम्राकारले बताए । स्वाथ्यका लागी साईकल र जिल्लाका बिभिन्न धार्मीक स्थलहरु चिनाउने मुख्य लक्ष्य राखीएको यो कार्यक्रममा जिल्ला र जिल्ला बाहिरका करीब १ सय ५० साईकल यात्रीहरुको सहभागीता रहने अध्यक्ष ताम्राकारले बताए । कार्यक्रम श्राबण ४ गते बिहान ६ः३० बाट भुटनदेबी मन्दिर हुदै बुद्धचोक, पिपलबोट, संगमचोक, नगरपालीकारोड, बनस्खण्डी, सिंचाईटोल हुदै मनकामना मन्दिर, पिप्लेकुना हुदै क्याम्पाडाडा,कमाने, औधोगीक क्षेत्र, गुम्बाचोक, सिमेन्टरोड हुदै चौधघरे, कुश्माण्ड सरोबरधाम, बनस्पतीहुदै पदमपोखरी, बेलडाडा, तीनताप्के हुदै पुन बुद्धचोक आएर शहिदस्मारक, पुन्यक्षेत्र हुदै बुद्धचोक आएर कार्यक्रम समापन हुने अध्यक्ष ताम्राकारले बताए ।

नेपाल भ्रमण बर्ष २०२० लाई मध्येनजर गर्दै कार्यक्रम आयोजना गरीएको बताईएको छ । कार्यक्रममा भागलिन जस्तोसुकै साईल लिएर सहभागी हुन सकने बताईएको छ । सहभागी हुन २ सय रुपैया दस्तुर तिर्नुपर्ने सो बापत टिसर्ट र खाना नास्ताको ब्यबस्था रहेको अध्यक्ष ताम्राकारले बताएका छन् । कार्यक्रममा सहभागी जनाउनेहरुको लागी फारम भर्न सजिलोहोस भन्दै आयोजकले बुद्धचोक लक्ष्मण साईकल स्टोर्स अगाडी टेण्टसहित सेवा सुचारु गरीरहेको छ । कार्यक्रमको नाम हेटौडा कोरा साईक्लिङ्ग च्यालेन्ज रहेपनि यो प्रतीयोगीतात्मक कार्यक्रम नभएको आयोजकले प्रष्टपारेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif