Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरको पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासको काम सुरु

 मकवानपुरका स्थानीय तहमा पर्यटन पूर्वाधारका कामलाई प्राथमिकताका साथ काम सुरु गरिएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजनाले यहाँको पर्यटकिय क्षेत्रको कामलाई प्राथमिकताका साथ सुरु गरिएको हो ।
प्रदेशकै पर्यटकिय स्थलका रुपमा परिचित हेटौंडाको सहिद स्मारकमा ठेक्का मार्फत पर्यटन पूर्वाधारको काम भइरहेको पर्यटन विकास आयोजनाका प्रमुख शिव सापकोटाले वताए । आयोजनाबाट हुने कामलाई प्राथमिकताका आधारमा काम भइरहेको उनले वताए ।
शहिद स्मारकमा वसपार्क निर्माणको काम ठेक्का मार्फत अन्तिम चरणमा पुगेको पनि उनले वताए । यसैगरी मकवानपुरको इन्द्र सरोवरमा मिनी पार्क निर्माणको काम सुरु भएको आयोजनाका सूचना अधिकारी दोर्णबिक्रम कार्कीले वताए ।
इन्द्रसरोवरमा भ्यूटेक समेत निर्माण गरिने भएको छ । मकवानपुरका प्रमुख पर्यटकिय क्षेत्रमा पार्क निर्माण लगायतका भौतिक पूर्वाधारमा प्रदेश सरकारले जोड दिएको छ । भिमफेदीको झिरघारीमा मैत्री वगैचा पर्यटन पूर्वाधार निर्माणको काम गरिने कार्कीले वताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०