Sunday, 5th July, 2026
वि.स.

हेटौंडा उपमहानगरपालिकाका १६ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

corona-Update-1598365865.jpg

मकवानपुरमा ९ भाद्रमा ३४ जनामा कोरोना भाइरसंक्रमण पुष्टि भएको छ । ३४ जना मध्येमा २ जना नेपाल प्रहरीका हेटौंडामा कार्यरत रहेका छन् । अरु १६ जना हेटौंडा उपमहनागरपालिका कार्यलयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्ट भएको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए । 

यसअघि मेयर हरिबहादुर महतका चालक र एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर ९ भाद्रमा थप १६ जना कर्मचारीमा कोरोना संक्रमण भएको हो । दुर्इजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछी केही कर्मचारीले मात्र कार्यालय सञ्चालन गर्दै आएका थिए ।

मेयर महतका चालकलाई कोरोना संक्रमण भएपछी उपमहानगरपालिकामा कार्यरत ४८ जना कर्मचारीको स्वाब परिक्षण गरिएको थियो । त्यही कोरोना जाँचका क्रममा १६ जना कर्मचारीमा कोरोना संक्रमण भएको हो । उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण हुनेको सख्या १८ जना पुगेको छ ।

कोरोना संक्रमित हुनेहरुमा २७ जना पुरुष र ७ जना महिला रहेका छन् । हेटौडा–१ मा ५ जना, हेटौंडा–२ मा ६ जना, हेटौंडा–९ मा ३ जना, हेटौंडा–४ मा ६ जना, हेटौंडा–५ मा ५ जना, हेटौंडा–६ मा १ जना, हेटौंडा–१५ मा १ जना, हेटौंडा–१६ मा १ जना, हेटौंडा–१० मा १ जना, हेटौंडा–११ मा १ जना र अरु २ जना प्रहरी कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरिक्षक चौलागाईले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०