Wednesday, 26th August, 2026
वि.स.

हेटौंडामा स्वाब संकलन गरेका १४३ जना मध्यमा ४५ रिर्पोट पोजेटिभ

covide1-1598435914.jpg

 हेटौंडामा एक सय ४३ जनाको स्वाब संकलन गरिएकोमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मकवानपुर र आसपासका जिल्लाबाट संकलन गरिएको पाँच सय स्वाब मध्यमा एक सय ४३ जनाको स्वाब हेटौंडाबाट संकलन गरिएको थियो । त्यस मध्यमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संकलन गरेका १ सय ४३ जना मध्यमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेसीक जनस्वास्थ्य प्रयोगशाला धुलीखेलका प्राविधिकले वताएका छन् । मकवानपुरको भीमफेदीमा संकलन गरिएको स्वाबमा भने सबैको नतिजा नेगेटिभ आएको छ ।

हेटौंडाको प्रयोगशालामा जम्म गरिएका स्वाब मध्यमा पाँच सय जनाको स्वाब परिक्षणका लागि धुलीखेल प्रयोगशालामा पठाइएको थियो । यसैगरी हेटौंडाको प्रादेसीक कोरोना परिक्षण प्रयोगशालामा नभ्याएर काभ्रेको धुलीखेल प्रयोगशालामा गरिएको परिक्षमा मकवानपुर र आसपासका जिल्लामा समेत गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif