Thursday, 20th August, 2026
वि.स.

हेटौंडामा बस दुर्घटना, १ को मृत्यु १५ जना घाइते

हेटौंडा उपमहानगरपालिका वडानम्बर १९ नेवारपानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । दुर्घटनामा परी सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका वडा नम्बर ५ बस्ने ५८ बर्षिय मुकेश शर्मा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

३१ साउन बिहान साढे २ बजे तिर काठमाण्डौबाट रौतहट तर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस सडकमा आफै पल्टँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए । 

पूर्व पश्चिम राजमार्ग अन्तरगत नेवारपानीमा बस पल्टिएर बिजुलीको पोलमा ठोकिदा मानविय क्षेती हुन पुगेको सिंहले बताए । घाईतेहरु मध्य ४ जनाको भरतपुर अस्पतालमा, ३ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा र अरु ८ जना चुरेहिल अस्पतालमा उपचारपछी घर फर्किएको प्रहरीले जनाएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif