Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा बन्द कोठामा महिलाको शव भेटियो

हेटौंडामा मंगलबार बिहान मृत अवस्थामा एक महिलाको शव फेला परेको छ । हेटौंडा–४ कर्रास्थित सुर्चचोक नजिकै अन्दाजी २३ वर्षीया सुस्मित थापाको शव मृत अवस्थामा फेला परेको हो ।

बन्द कोठामा थापाको शव फेला परेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । ‘आत्महत्या हो वा हत्या हो भन्नेबारे अनुसन्धन भइरहेको छ । महिलाका माइती पक्षलाई हामीले बोलाएका छौं । उहाँहरु कपिलवस्तुबाट आउँदै हुनुहुन्छ । महिलाको शव बन्द कोठाभित्र भएका कारण हामीले ढोका खोलेका छैनौं ।’ डीएसपी रानाले बताए ।

उनका अनुसार घटनास्थलमा रगत पनि देखिएको छ । ‘प्रारम्भिक अनुसन्धान अनुसार मृतक महिलाका पतिको करिब छ महिना अगाडि सडक दुर्घटनामा ज्यान गुमेको पाइएको छ ।’, उनले भने ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०