Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा फेरि निषेधाज्ञा थप्ने तयारी "थाहा मोडल" प्रभावकारी

मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो पटक थप्ने तयारी गरिएको छ । ९ भाद्र गते राती १२ गतेसम्मको लागि कायम रहेको निषेधज्ञा दोस्रो पटक केहि दिन थप्ने तयारी गरिएको हो । गत साउन २६ गतेबाट हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका महेन्द्र राजमार्गको दाँया बया ५ सय मिटर क्षेत्रमा जारी निषेधाज्ञा ३२ गते बाट थपेर भदौ ९ गते सम्म पु¥याइएको थियो । 

दोस्रो पटक आगामी १५ गते सम्मका लागि निषेधाज्ञा थप्ने तयारी गरिएको बुझिएको छ । ८ भाद्रमा बस्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस विषयमा निर्णय गर्ने जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । यस अघिको बैठकले निषेधाज्ञाका बारेमा मोडल तयार गर्न गठन गरेको समिति र समितिका अन्य सदस्यहरुले छलफल गरेर निष्कर्षमा पुग्ने उनले बताए । कमाण्ड पोष्टका सल्लाहकार समेत रहनुभएका प्रमुख खुलालले निषेधाज्ञा अझै केहि दिन जारी रहने सम्भावना रहेको जानकारी दिए । जिल्लाका सम्पुर्ण संकमितहरूको स्वाब परिक्षणको नतिजाहरु अझै नआईसकेको र कोरोनाको प्रभाव कस्तो छ भन्ने यकिन नभएका कारण केहि दिन निषेधज्ञा जारी राखेर थप व्यवस्थापन गर्ने तयारी रहेको उनले बताए । कोरोनाको संक्रमण अझै नरोकिएको कारण थप केहिदिन निषेधाज्ञा बढाउने निर्णय गर्नसक्ने निले बताए ।

अब थपिने निषेधाज्ञाको मोडल भने केहि परिर्वतन हुने बुभिएको छ । अबको निषेधाज्ञामा बैंकिङ क्षेत्रलाई भने सहज बनाउन सकिने प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए । बैकिङ क्षेत्रमा केहि समस्या देखिएकाले बैंकहरूलाई दैनिक केहि समय सञ्चालन गर्न दिन सकिने र अन्य विषयमा भने अहिलेकै अवस्थालाई निरन्तरता दिईने उनले बताए । निश्चित समय तोकेर बैंकिङ सेवा सुचारु गर्न दिने तथा उक्त समयमा जिल्लाका सिमा नाकामा भने कडाई गरिने उनले बताउ । हेटौंडाका सबै बैंकका एटीएम भने निरन्तर सुचारु गर्ने वातावरण मिलाइने र एटीएम सुचारु गर्ने विषयमा बैंकिङ क्षेत्रका सरोकारवालासंग छलफल भएको प्रजिअ नेपालले जानकारी दिए । निषेधाज्ञा थप्ने विषयमा भने ९ भाद्रमा बिहान बस्ने कमाण्ड पोष्टका सदस्यहरुसंगको छलफलबाट मात्र निष्कर्षमा पुगिने उउनले बताए । 

यसैबीच थाहा नगरपालिकाले निषेधाज्ञामा अपनाएको मोडल प्रभावकारी भएको पाइएको छ । थाहानगरमा खाद्यन्न पसल र बैकहरू सुचारु छन् तर, समय मिलाइएको छ । बैंक तथा वित्तिय संस्थाले अत्यावश्वक सेवा विहान १० देखि १ बजेसम्म सुचारु छन् । खाद्यन्न पसल विहान ६ देखि ९ बजेसम्म सुचारु छन् । ढुवानी सबै ठप्प छन् । नगरभित्रै अत्यावश्यक रूपमा संचालन गर्न परे नगरपालिकाको सिफारिसमा मात्र सवारी संचालन भएका छन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०