Wednesday, 8th July, 2026
वि.स.

हेटौंडामा फुड बैंक संचालन

hetauta-1598859586.jpg

 मकवानपुरको हेटौंडामा पनि फुड बैंक संचालनमा आएको छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरले कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवारलाई लक्षित गरेर फुड बैङ अभियान संचालनमा ल्याएको हो । फाउण्डेशनले “हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं” भन्ने अभियान सुरु गरेको हो ।

साेमबार देखि फाउण्डेशनले  हेटौंडाको अटोल्याण्ड चोकमा फुड बैंक सञ्चालन गरेको हो । फुड बैंकमा हुनेले खाद्यान्न सहयोग गर्न सक्नेछन् भने नहुनेले त्यहाँ राखेको खाद्यान्न लिएर जान सक्नेछन् ।

 सोमबारबाट संचालन भएको फुड बैंक कार्यक्रममा फाउण्डेशन अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल,मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल,मदन भण्डारी स्पोस्टर्स एकेडेमीका केन्द्रिय सदस्य एवम् हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल लगाएत विभिन्न वडाका जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

फुड बैंकबाट नहुनले निशुल्क खाद्यन्न (चामल,दाल नुन,तेल,मसला,बेसार)केहि दिनलाई पुग्ने लान पाउने छन् भने हुनले त्यहाँ खाद्यन्न सहयोग गर्न समेत पाउने छन् ।  फुड बैंक बिहान ७ बजे देखि ९ बजेसम्म खुल्ने छ ।

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०