Friday, 26th June, 2026
वि.स.

हेटौंडामा दुईट्रक सहित ५० गोरु प्रहरी नियन्त्रणमा

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ बाट प्रहरीले २वटा ट्रकमा गोरु ओसारपसार गर्दै गर्दा पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला हेटौँडा ९ को सडक खण्डमा सवारी साधन रोकी जाँच गर्ने क्रममा हेटौडा हुदै पुर्व झापा तर्फ जान लागेको ना ६ ख २३७१ र ना ६ ख ३८२६ नंबर को ट्रकमा रहेका ५० वटा गोरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विकासराज खनालले जानकारी दिए ।