Friday, 21st August, 2026
वि.स.

हेटौंडामा ट्रकको ठक्करबाट एकजनाको ज्यान गयो

हेटौंडाको बसामाडीमा ट्रकले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । हेटौंडाबाट चितवनतर्फ गइरहेको ना ६ ख ६५६ नम्बरको सिमेन्ट लोड भएको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

ट्रकको ठक्करबाट चितवन रत्नगर घरभई बसामाडीको चाउमिन उद्योगमा काम गर्ने वर्ष ३५ को अम्मर पुन मगर युवकको मृत्यु भएको प्रहरी निरीक्षक ललन कुर्मीले जानकारी दिए ।

घाइतेको उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif