nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्ववियु चुनावको नयाँ तालिका

त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनहरूको मागअनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ तालिका सार्वजनिक गरेको छ । 

शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णयअनुसार क्याम्पसहरूमा यही फागुन १८ गते स्ववियु निर्वाचन हुनेछ । स्ववियु निर्वाचन यसअघि फागुन १४ गते हुने तालिका सार्वजनिक गरिएको थियो ।

नयाँ तालिकाअनुसार मतदाता सूची प्रकाशन र दाबी विरोध फागुन ११ गते, दाबी विरोध छानबिन र अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारी मनोनयन १२ गते हुनेछ । उम्मेदवारको मनोनयनपत्र प्रत्यक्षतर्फ दाखिला, समानुपातिकतर्फ सिलबन्दी नामावली दाखिला र प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन फागुन १४ गते हुनेछ ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवं समन्वय समितिका सदस्यसचिव गंगाबहादुर मगरले विज्ञप्तिमा जनाएअनुसार फागुन १५ गते उम्मेदवारको नामावलीमा दाबी विरोध, छानबिन र नामावली प्रकाशन, नाम फिर्ता लिन र अन्तिम नामावली प्रकाशन गरिनेछ । त्रिवि निर्वाचन आचारसंहिता यसअघि नै जारी भएको थियो ।