Monday, 5th October, 2026
वि.स.

स्थानीय तहको चुनावले कक्षा ११ को बार्षिक परीक्षा प्रभावित हुने

स्थानीय तहको चुनाव बैशाख ३१ मा हुने तय भएपछि कक्षा ११ को बार्षिक परीक्षा प्रभावित हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको बैशाख २५ देखि ३१ गतेसम्म सबै विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

यससँगै कक्षा ११ को परीक्षा पूर्ण रुपमा प्रभावित हुने निश्चित भइसकेको राष्ट्रिय परिक्षा बोर्डका कार्यकारी प्रमुख डिल्ली रिमालले बताए । उनले भने, कक्षा ११ को परीक्षा बैशाख २४ देखि जेठ ३ गतेसम्म थियो, अब यही बिचमा स्कुल तथा क्याम्पसहरु बन्द हुने भएपछि परिक्षा संचालन गर्न सकिँदैन ।’ कार्यकारी प्रमुख रिमालले भने, ‘निर्वाचन तालिकाले कक्षा १२ को परीक्षा पनि प्रभावित हुनसक्ने भएकाले आयोगसँग छलफल गरिरहेका छौं ।

अब परीक्षाको अर्को तालीका सार्वजनिक गर्नुपर्ने छ ।