Thursday, 20th August, 2026
वि.स.

स्थानीय चुनावमा थाहानगरमा बाजी मारेको एमाले माओवादी गठबन्धनको अर्केअभियान शुरु

स्थानीय तहको निर्वाचनमा थाहा नगरको १२ वटै वडा जितेको एमाले–माओवादी गठबन्धनले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आफ्ना उमेदवारहरुलाई जिताउन अभियान तिव्र पारेका छन् ।

अरुण रायमाझी संयोजक र सानुकाजी गोपाली संहसंयोजक रहेको नगरस्तरीय निर्वाचन परिचालन कमिटीले वडा वडामा परिचालन कमिटी गठन गर्ने कार्यलाई तीव्र पारेको हो । थाहानगरमा २७ कार्तिक सोमबारबाट वडास्तरका संयुक्त भेलाको आयोजना गर्न शुरु गरिएको एमाले क्षेत्रीय कमिटीका सचिब विमलकुमार ढकालले बताए । यसैक्रममा आज थाहाको १ र २ नं. वडामा बाम गठबन्धनको वडा स्तरीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

दुबै वडामा भएको छुट्टा छुट्टै भेलाले कमिटी गठन गरेको हो । वडा नंं १ मा धर्म प्रधान संयोजक र हेरमान गोपाली सहसंयोजक रहने गरी ५५ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । बाम गठबन्धनको थाहा नगर निर्वाचन परिचालन कमिटीका अध्यक्ष अरुण रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रममा एमालेका जिल्ला कमिटी सल्लाहकार राजु नापित, क्षेत्रीय सचिब बिमलकुमार ढकाल, युवा नेता प्रदिप प्रधान, धर्म प्रधान लगायतले बोलेका थिए ।

त्यस्तै थाहा–२ मा शंकर तामाङ संयोजक र गुप्तबहादुर कार्की सहसंयोजक रहेको ५५ सदस्यीय कमिटी बनाइएको छ । नगर निर्वाचन परिचालन कमिटीका संयोजक अरुण रायमाझीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा एमाले नेताहरु बिमलकुमार ढकाल, सानुकाजी गोपाली, मधुकरविक्रम श्रेष्ठ, माओवादीका स्थानीय नेता नवराज विष्टलगायतले बोलेका थिए । त्यस्तै भोलि मंगलबार थाहाको ६, ९ र १० नं. वडामा निर्वाचन परिचालन कमिटी गठन गर्ने कार्यक्रम रहेको नगर स्तरीय कमिटीका सहसंयोजक सानुकाजी गोपालीले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif