Thursday, 20th August, 2026
वि.स.

सोनाम ल्होसारमा बिदा [हेर्नुहोस् सूचना]

पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले तामाङ्ग समुदायको नयाँ बर्ष सोनाम ल्होसार पर्वको सार्वजनिक विदा दिएको छ । माघ ९ गते बसेको अध्यक्ष सर्केश घलानको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको बैठकले २८५५ औं सोनाम ल्होसारमा विदा दिने निर्णय गरेको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले सूचना प्रकाशित गर्दै गाउँपालिकाभित्र रहेको सबै सरकारी कार्यालय र विद्यालयहरु उक्त दिन बन्द रहने जनाएका छन् ।

बागमती गाउँपालिकामा करिब ६० प्रतिशत बढी तामाङ्ग समुदायको बसोबास रहेको छ । सोनाम ल्होसारका अवसरमा बिदा घोषणा गरेपछि स्थानीयबासीमा खुशी छाएको छ ।

हेर्नुहोस् सूचना:

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०