Wednesday, 26th August, 2026
वि.स.

सुरक्षित भएर तीज पर्व मनाउन प्रमुख खुलालको आग्रह 

IMG_3933-1597931183.JPG

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले नोबेल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित भएर तीज पर्व मनाउन आग्रह गरेका छन् । विशेषगरी नेपाली नारीहरुले मनाउने हरितालि तीजका अवसरमा ४ भाद्रमा एक सन्देश मार्फत उनले विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित रहन सजग गराएका हुन् ।

प्रमुख खुलालले कोरोना कहरकै बीचमा आएका यस्ता चाडपर्वमा हामी निकै संयमित हुनुपर्ने भन्दै विषम परिस्थितिमा एकातिर हाम्रो कला संस्कृतिलाई जोगाउनु पर्ने र अर्कोतिर विश्वभर महामारीको रूपमा फैलिएको सङ्क्रमणबाट बच्नु जरुरी रहेको भन्दै हाम्रा चाडपर्वलाई पनि नयाँ ढङ्गले निरन्तरता दिनुपर्ने बताए । हिन्दु महिलाका लागि तीजको धार्मिक, पारिवारिक र सामाजिक महत्व उत्तिकै रहेको साथै परम्परा र संस्कृतिको जगेर्ना गर्न स्वास्थ्य सुरक्षा अपनाएर चाडपर्वहरु मनाउन उनले आग्रह गरे । 

प्रमुख खुलालले आआफ्नै घरमा बसेर आफूले जानेबुझेको तरिकाले पूजाआजा गर्नु बढी बुद्धिमानी हुने बताए । उनले हाम्रा चाडपर्व, उत्सव सबै आउने वर्ष मनाउँला भन्दै यसपाली आ–आफ्नै घरमा बसि सामाजिक संजालको भरपुर उपयोग गर्दै तीज पर्व मनाउन, मन्दिर तथा खोला नदिमा नजान, दुरी कायम गर्न, भिडभाड नगर्न समेत सम्पूर्ण मकवानपुर लगायत देश विदेशमा रहनुभएका नेपाली दिदीबहिनीहरुलाई आग्रह गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif