Wednesday, 1st July, 2026
वि.स.

सुरक्षा कडा गर्दै सामुदायिक प्रहरी , नियम बिपरित गर्नेलाइ नियन्त्रणमा लिइने  
नियम बिपरित गर्नेलाइ ३५ दिन जेल सजाय

3D-happy-holi-image-wallp-1519801303.jpg

ईच्छा बिपरित जवरजस्ती अबिर रङ दल्ने, फोहोर पानी छ्याप्ने, लोला हान्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिने सामुदायिक प्रहरी सेवा केन्द्र पालुङले जनाएको छ । हिन्दुहरुकोे महान चाड मध्यको होलि पनि एक रमाइलो चाड भएका कारण चाडलाइ सबैले रमाइलो गरी मनाउन पाउनु पर्ने सामुदायिक सेवा केन्द्रले जनाएको छ । सबैले पर्वलाइ सभ्य र भब्य बनाउने तर जवरजस्ती मानिसलाइ लोला हान्ने, अण्डा पानी, अण्डा रङ लगाउने र मादक पदार्थ सेवन गरि हो–हल्ला तथा झै–झगडा नगर्नका लागि प्रहरी केन्द्रले सार्बजनिक सुचना समेत जारी गरेको छ । साथै केन्द्रले यहि फाल्गुण १५ गते देखि आमनागरिकलाई सभ्य, शिष्ट र मर्या्दित वातावरणमा होली पर्व मनाउन अनुरोध भनि थाहा नगरका बिभिन्न स्थानमा माईकिङ समेत गरिरहेको छ ।
केन्द्रका अनुसार होलीलाई अपराधमा परिणत गर्ने खालको प्रयत्न भएमा पक्राउ गरि कानुन वमोजिम कारबाही गर्ने जनाइएको छ । नियम बिपरित गतिबिधि गर्नेलाई नियमानुसार ३५ दिन सम्मको जेल सजाय र केश अनुसार १५ सय सम्मको जरिवाना हुने जनाइएको छ । होलीको लागि प्रहरी सेवा केन्द्र पालुङ र इलाका प्रहरी कार्यालय पालुङले थाहा नगरपालिकाको ऋषेश्वर महादेव मन्दिर लगायत बिभिन्न स्थानमा कडा सुरक्षा व्यवस्था मिलाउने तयारीमा रहेको छ ।

तस्बिरः–गुगल



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।