nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सुखी भविष्यको अध्यक्षमा प्रधान निर्वाचित

मकवानपुर उत्तरी क्षेत्र स्थित सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लि. मा सुरेन्द्रमान प्रधानलाई निर्विरोध निर्वाचित गरिएको छ । १६ फागुन पालुङ जेसीजको सभाहलमा भएको सहकारीको सातौं वार्षिक साधारण सभाले प्रधानलाई नया “नेतृत्व सुम्पिएको हो । सञ्चालक समितिको उपाध्यक्षमा श्याम थापा, सचिव विक्रम के.सी.,कोषाध्यक्ष रेशमबहादुर विष्ट, सदस्यहरुमा गोकर्ण लामिछाने, साजन तामाङ र राधिका बलामी निर्विरोध निर्वाचित भएको छ । साथै लेखा समिति संयोजकमा दीपराज लामिछाने तथा ऋण समिति सदस्यमा जुजुभाई प्रधान निर्वाचित भएका छन् । 

२०६६ सालमा स्थापना भएको सहकारीले थाहानगरको बज्रवाराही, पालुङ, दामन, सिमभञ्ज्याङ, चित्लाङ तथा आग्रामा आफ्नो सेवा दिदै आएको छ । सातौ साधारण सभामा अध्यक्ष भरत गोपालीले वार्षिक कार्य निती, सचिव जर्म श्रेष्ठले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष गोपीकृष्ण सेन्चुरीको अनुपस्थितिमा व्यवस्थापक विक्रम गोपालीले आर्थिक प्रतिवदेन पेश गरिएको थियो । 

संस्थाको आ.व.२०७२/०७३ मा १८ लाख १६ हजार शेयर पुँजी, ५९ लाख ८३ हजार ४ सय ३७ रुर्पैया बचत तथा ऋण लगानी ६४ लाख १० हजार ९ सय ७८ रुपैया रहेको छ ।

जर्म श्रेष्ठ