Saturday, 15th August, 2026
वि.स.

सीमभञ्ज्याङमा पर्वतीय ताल निर्माण शुरु, रु. ६१ लाख ३३ हजारमा ठेक्का सम्झौता

tal-1024x446-1666508797.jpg

मकवानपुरको सबैभन्दा अग्लो स्थान सीमभञ्ज्याङमा बहुवर्षीय योजनाअन्तर्गत् पर्वतीय ताल निर्माण शुरु भएको छ । 

सीमभञ्ज्याङमा पर्वतीय तालका लागि तत्कालीन स्थानीय विकास मन्त्रालयबाट रु सात लाख, शहरी विकास मन्त्रालयबाट तीन लाख र थाहा नगरपालिकाबाट तीन लाख गरी १३ लाख खर्च भइसक्दा पनि निर्माण कार्यले सार्थकता पाउन नसकेपछि बागमती प्रदेश सरकारले चासो लिँदै ताल निर्माण गर्न बैज्ञानिक अध्ययन गरेको थियो । तत्कालीन प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल आफै सीमभञ्ज्याङ आएर अवलोकन गरेपछि जलस्रोत तथा सिँचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजालको नेतृत्वमा विस्तृत अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार पारिएको थियो ।

स्वीकृत डिपिआर अनुसार अहिले पहिलो चरणमा प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले ८० लाखको ठेक्का खुलाएको थियो । सोअनुसार अहिले स्यार्सेकाली बिल्डर्स प्रालिले ६१ लाख ३३ हजार रुपैयाँमा काम सम्पन्न गर्ने गरी ठेक्का पारेको छ ।

सीमभञ्ज्याङको करीब दुई हजार ५०० मिटरको उच्च क्षेत्रबाट अटुटरुपमा बगिरहने पानीलाई बाँध बनाएर ताल निर्माण गर्नेगरी प्रदेश सरकारले प्रतिवेदन तयार पारेको छ । 

सीमभञ्ज्याङमा पर्वतीय ताल निर्माणपछि ‘घुम्न जाउँ सीमभञ्ज्याङ’ कार्यक्रम सञ्चालन गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयको तयारी छ । सिमभन्ज्याङमा तीन वटा ताल निर्माण गर्ने गरी थालिएको अभियानमा तालमा वोटिङ तथा लोपोन्मुख असला माछा संरक्षणको र फिसिङको समेत उदेश्य लिइएको छ । तालको निर्माणले थाहानगरमा भित्रने पर्यटनको बसाइँ लम्ब्याउन सकिने करुणाभूमि सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिनोदकुमार लामाले बताए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif