nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सीप परीक्षणको अवसर, १० भदौभित्र आवेदन दिनुपर्ने

Sip-1692006216.jpg

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद(सिटिइभिटी) अन्तर्गत् रहेको राष्ट्रिय सीप परीक्षण समितिले सीप परीक्षणको  लागि आवेदन आह्वान गरेको छ । २१ साउनमा सूचना प्रकाशित गरी समितिले १० भदौसम्मका लागि अवधि दिएर आवेदन आह्वान गरेको हो ।

हातमा सीप भएर पनि सीप परीक्षणमा सहभागी भई सीपको प्रमाणपत्र प्राप्त गर्न नसकेकाहरुका लागि यो एक अवसर हुनेछ । स्वदेशमै रोजगारी गरिरहेका, अनुभव भएका र वैदेशिक रोजगारीबाट फर्किएका पूर्व सिकाईको सीप परीक्षणमा सहभागी हुन इच्छुक नेपाली नागरिकहरुका लागि आवेदन आह्वान गरिएको सीप परीक्षण समितिले जनाएको छ ।

समितिका अनुसार सीप परीक्षण गराउन ईच्छुकले आफूलाई पायक पर्ने सीप परीक्षण केन्द्रमा आफै उपस्थित भएर आवेदन दिनुपर्नेछ । बागमती प्रदेशको परिषद प्रदेश कार्यालय हेटौँडामा तह १ अन्तर्गत् गामेन्ट फ्याब्रिकेटर, बिल्डिङ इलेक्ट्रिसियन, अर्लि चाइल्डहुड डेपलपमेन्ट फ्यासिलिटेटर,  इन्ड्रष्ट्रियल इलेक्ट्रिसियन, असिस्टेन्ट व्युटिसियनको परीक्षण हुने जारी सूचनामा उल्लेख छ । त्यसैगरी हेटौँडामा तह २ अन्तर्गत् वेटर, बिल्डिङ इलेक्ट्रिसियन, इन्ड्रष्ट्रियल इलेक्ट्रिसियन र व्युटिसियनको सीप परीक्षण हुन्छ ।

त्यसैगरी बागमती प्रदेशको भक्तपुर, बालाजु, बनेपा, पनौती, भरतपुर र माडी(चितवन)मा पनि सीप परीक्षण केन्द्रहरु रहेका छन् ।

तह १ को सीप परीक्षणका लागि सम्बन्धित विषयको ज्ञान र सीप भई सम्बन्धित पेशामा कम्तीमा १ वर्षको कार्य अनुभव भएको वा सम्बन्धित व्यवसायको तालिमसहित ६ महिनाको कार्य अनुभव भएको हुनुपर्नेछ । त्यसैगरी तह २ का लागि सम्बन्धित व्यवसायको ज्ञान र सीप भई सम्बन्धित पेसामा कम्तिमा ३ र्वाको कार्य अनुभव भएको वा सम्बन्धित व्यवसायमा  तह १ को सीप परीक्षण उत्तीर्ण भई सम्बन्धित व्यवसायमा १ वर्षको कार्य अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । 
विस्तृत जानकारीकोे लागि यहाँ क्लिक गर्नुहोस् । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)