nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

सिमाङ्कन विवाद: सहमतीपछि अवरुद्ध सडक खुल्यो

गाउँपालिका सिमाङ्कनमा चित्त नबुझेको भन्दै अवरुद्ध गरिएको त्रिभुवनराजपथ १० घण्टापछि शुक्रबार दिउँसोबाट खुलेको छ । आगामि सोमबार पुर्नसंरचना आयोग जिल्ला प्राविधिक समिति, आन्दोलनरत संघर्ष समितिका पदाअधिकारी, मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रका सांसद राजाराम स्याङ्तान सहितको उपस्थितीमा छलफल गर्ने सहमतीपछि बन्द खुलेको हो । सोमबार हुने छलफलबाट आन्दोलनरत् स्थानीयको माग सम्बोधन गरी राष्ट्रिय पुर्नसंरचना आयोगमा माग बमोजिम सिफारिस गर्ने समेत सहमती भएको छ । 

आफ्नो गाविसको तीनवटा वडा थाहा नगरपालिका वा भिमफेदी गाउँपालिकामा गाभ्न पटक पटक राजनैतीक दल तथा प्राविधिक समितिलाई जानकारी गराएता पनि सुनुवाई नभएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक कृष्ण बहादुर बम्जनले बताए । मकवानपुरको नामटार गाविस वडा नम्बर १, ३ र ४ का बासिन्दाले पुर्नसंरचना आयोग जिल्ला प्राविधिक समिती मकवानपुरले गरेको निर्णयमा आफ्नो गाउँपालिकाको केन्द्र पायक नपरेको भन्दै २६ कात्तिक विहानैबाट चक्काजाम गरेका थिए । 

नामटारको लागि प्रस्तावित केन्द्र कालिकाटारको कटुन्जे तोकिएको थियो । उक्त केन्द्र अहिलेको गाविस कार्यालय भन्दा दोब्बर टाढा रहेको स्थानीय भरत रुम्बाले बताए । मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका र आठ गाउँपालिका प्स्ताव गरिएको छ ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)