Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सामुदायिक वनमा देखिएका समस्या समाधान गर्न महासंघको आग्रह

ban-1612070490.jpg

सामुदायिक वनमा सृजना गरिएका समस्या तत्काल समाधान गर्नका लागि वन उपभोक्ता महासंघले आग्रह गरेको छ । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक वनमा समस्या सृजना गर्ने भन्दा पनि देखिएका समस्याहरुलाई तीनै तहका सरकारले समाधान गर्दै लैजानुपर्ने बताइन ।

सामुदायिक वनमा रहेका ढलापढा, सुखाखडा, प्रकोपले ढलेका, बुढा तथा उमेर पुगेका रुखलाई कटान गरेर उपभोक्तालाई वितरण गर्न पाउनुपर्ने उनले  बताइन। डिभीजनवननै पिच्छे डिएओहरुले कानून तेर्सयाएर काम गर्न नदिएको र आम वन उपभोक्ताहरुलाई समस्यामा पारेको उनले बताइन । समुहले पहिचान गरेका रुखहरुबाट दिगो र निरन्तर्ता काठ दाउरा लगायतका वन पैदावर तत्काल संकलन, सदुपयोग, बिक्री वितरण र ओसार पसार गर्न पाउने कुराको सुनिस्चितताका लागि अनुरोध समेत उनले गरिन ।

वन ऐन २०७६ अनुसार तर्जुमा गरिने नयाँ वन नियमावलीमा सामुदायिक वन मैत्रि र दिगो वन व्यावस्थापन गर्ने किसीमका व्यावस्थाहरु समावेस गर्न अनुरोध गरिएको अध्यक्ष पाठकले  बताइन 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०