nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सामीको वित्तीय व्यवस्थापनसम्बन्धी अन्तरक्रिया

1673168980825-1673169059.jpg

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमसँग सम्बन्धित वित्तीय व्यवस्थापन विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले चितवनको सौराहामा २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

सामी कार्यक्रमअन्तर्गत् कार्यान्वयनमा रहेका बजेट तथा कार्यक्रम  खर्चको प्रगति, निकासा, प्रतिवेदन, वित्तीय व्यवस्थापन र सञ्चालन गर्ने क्रममा देखिएका समस्या तथा चुनौतिहरु र तिनका समाधानका बारेमा छलफल गर्न र बेरुजुका सवालहरुको सम्बन्धमा छलफल गरी वित्तीय जोखिम न्यूनीकरणका लागि सवलीकरण गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मन्त्रालयका लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

२१ र २२ पुसमा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिब सुवाषचन्द्र सिवाकोटी, उपसचिब दिपेन्द्र पौडेल लगायतले वैदेशिक रोजगारीसम्बन्धी कानूनी व्यवस्था र सम्बन्धित निकायहरुको भूमिका, प्रदेश सरकार तथा स्थानीय तहको आर्थिक प्रशासन एवम् आर्थिक सुशासन सवलीकरण गर्ने दायित्व र सामी कार्यक्रमको वित्तीय व्यवस्थापन, सामी कार्यक्रमको बजेट निकासा, खर्च, प्रतिवेदन विधि तथा प्रक्रिया, पालन गर्नुपर्ने आर्थिक कार्यविधि र सामी कार्यक्रम संचालन मार्गदर्शन, सुत्र प्रणाली, मन्त्रालय र अन्तर्गत्को बेरुजु स्थिति, यसका सवाल र फसर्यौटसम्बन्धी सहजीकरण गरेका थिए । 

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत र सामी फोकल पर्सन, स्थानीय तहका आर्थिक प्रशासन प्रमुख र फोकल पर्सन, प्रदेश तथा जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयका पैतिनिधि, सामी कार्यक्रमका संयोजक तथा प्रदेश कार्यक्रम सहयोग एकाइका कर्मचारीहरुको सहभागिता रहेको थियो । बागमती प्रदेशका मकवानपुर, चितवन, धादिङ र नुवाकोट जिल्लालाई समेटर अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।  कार्यक्रममा थाहा नगरपालिकाबाट आर्थिक प्रशासन महाशाखा प्रमुख हरिबहादुर खपाङ्गी मगर र रोजगार संयोजक कुमार नेगीले सहभागिता जनाएका थिए । 

अन्तरक्रियाबाट सामी कार्यक्रम कार्यान्वयनमा देखिएका आर्थिक व्यवस्थापनका सवालहरुमा छलफल भई थप स्पष्टता देखिएको, कार्यक्रम कार्यान्वयन र बेरुजु न्यूनीकरणका लागि सहजीकरण भएको सामीका प्रदेश कार्यक्रम व्यवस्थापक तरुणकान्त अधिकारीले बताए । 
हाल नेपालमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको  द्विपक्षीय सम्झौताअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरुको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । 

वैदेशिक रोजगारमा जाने सम्भावित कामदार, वैदेशिक रोजगारमा रहेका कामदार, वैदेशिक रोजगारबाट फर्केका कामदार र वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यहरुलाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रमलाई स्वीस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)