Tuesday, 18th August, 2026
वि.स.

सहकारी सक्रियतामा भिमफेदीमा १६ दिने अभियान

१६ दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत मकवानपुरको भिमफेदीमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ  । भिमफेदी गाउँ बिकास समितिका महिलाहरुले सहभागितामा महिला जागृति बचत तथा ऋण सहकारकिो नेतृत्वमा निति र्निामाण तहमा अन्तरपार्टी पैरवी महिला सञ्जाल, चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा बजार परिक्रमा सहित महिला हिंसा बिरुद्ध जनचेतना मुलक सभा आयोजना गरेको हो ।

भिमफेदी गाउँ विकास सिमितिका सचिव बद्री सापकोटाको प्रमुख आतिथ्य, अन्तरपार्टी पैरवी महिला सञ्जाल जिल्ला कमिटि सचिव पार्वती रानाको विशेष आतिथ्य तथा महिला जागृति बचत तथा ऋण सहकारीको अध्यक्ष रीता आलेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
महिला जागृति बचत तथा ऋण सहकारीको सचिव निर्मला थापाले सञ्चालन गरेको महिला हिंसा बिरुद्ध १६ दिने अन्तराष्ट्रिय अभीयान कार्यक्रममा चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको सचिव शान्ता विश्वकर्माले स्वागत गरेकी थिइन् । 

कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बासुदेब थापा, स्थानिय राजनैतिक पार्टीका पदाधिकारीलगायत स्थानिय महिलाहरुको सहभागीता रहेको थियो ।

-सुरेन्द्रराज थिके/भिमफेदी



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif