Thursday, 20th August, 2026
वि.स.

समृद्धिका लागि थाहानगरमा एग्रो टुरिजम विकास गर्छौ: मुख्यमन्त्री पौडेल

Dormani_Paudel-1540690030.jpg

तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफुहरुको एउटै अठोट, संकल्प नेपाल र प्रदेशलाई समृद्ध बनाएरै छोड्ने रहेको बताएका छन्। मकवानपुरको उत्तरी क्षेत्र स्थित प्रमुख पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा शनिबार तेस्रो थाहा महोत्सव उद्घाटन गरेपछि उनले समृद्धीका लागि कृषि र पर्यटनलाई जोडेर एग्रो टुरिजमको विकास गरिने बताए।

केन्द्र, प्रदेश र स्थानीयगरी तीनवटै सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना बोकेर अगाडी बढेको बताउँदै उनले भने, ‘मकवानपुरको उत्तरी क्षेत्रलाई प्रदेशकै उत्कृष्ट पर्यटन गन्तब्यको रुपमा विकास गर्छौ, थाहा नगरपालिका अत्यन्तै भविष्य राम्रो र धेरै सम्भावना बोकेको क्षेत्र हो।’ थाहा नगरपालिका, ईन्द्रसरोबर र भीमफेदी गाउँपालिकालाई जोडेर एकीकृत रुपमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार लागि परेको मुख्यमन्त्री पौडेलले खुलासा गरे।

मुख्यमन्त्री पौडेलले ग्रामिण क्षेत्रमा हुने मेला तथा महोत्सवले गाउँ र नगरलाई एक बनाउन पुलको काम गर्ने बताए । गाउँमा उत्पादन हुने वस्तुहरुको बजारीकरण गराउन महोत्सव प्रमुख माध्यम हुने उनको भनाई थियो । गाउँगाउँमा उत्पादन भएका बस्तुहरुको बजारीकरणको अभावमा उत्पादित वस्तुहरु त्यसै खेर जाने अवस्थामा यस्ताखाले महोत्सवले बस्तुहरुको प्रचारप्रसार समेत हुने बजारीकरणलाई टेवा पु¥याउने बताए।

महोत्सवको उद्घाटनमा राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी, प्रदेश ३ का भूमि व्यवस्था कृषि सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सदस्यहरु कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल, थाहा नगर मेयर लबशेर बिष्ट लगाएत थाहाका वडा अध्यक्षहरु, उद्योग वाणिज्य संघका अध्यक्षको उपस्थिती थियो । कार्तिक १८ गतेसम्म संचालन हुने महोत्सबमा करीब ७ करोडको कारोबार हुने आयोजकको अनुमान छ ।

महोत्सवमा बाल उद्यान, कृषि उत्पादनका प्रदर्शनी, कपडाका स्टलहरु, भाडकुँडा, घरेलु उद्योगबाट उत्पादित सामग्रीहरु सहीतका दुई सय ३० वटा स्टल रहेका छन् । यसैगरी महोत्सवमा थाहाका झण्डै २ दर्जन कलाकारहरुको गायन, नृत्य लगायत प्रस्तुती रहने महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिए ।

महोत्सव उद्घाटन पूर्व आयोजक मूल समिति सहित विभिन्न दर्जनौ संघसंस्था, टोलविकास संस्था, बिद्यार्थी र नागरिकहरुको सहभागितामा शोभा यात्रामा गरिएको थियो । यात्रामा  जातजाती, धर्म सँग जोडिएका संस्थाहरु बाजागाजा र झाँकी सहित सहभागी भएका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif