Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरका ९४ जनाको रिपोर्ट आयो [भाद्र ११ अपडेट]

samudaya-1598504895.jpg

थाहा नगरपालिकाले समुदाय स्तरमा स्वाब संकलनका लागि पठाइएकोमा पिसिआर रिपोर्ट आएको छ । 

थाहा नगरपालिकाले प्रत्येक वडाबाट बढि जनसम्पर्क हुने व्यवशायी, कर्मचारीहरु लगायतको स्वाब संकलन गरी परक्षिणका लागि प्रयोगशाला पठाएको थियो । थाहा नगरपालिकाले थाहा–१, ६, १०, ११ र १२ बाट संकलन गरेको स्वबको रिपोर्ट आएको हो । टिष्टुङसहित ८० जनाको स्वाब राष्ट्रिय जनस्वासथ्य प्रयोगशालामा पठायएकोमा ११ भाद्रमा नेगेटिभ रिपोर्ट आएको थाहानगर क्वारेन्टिन इन्चार्ज डाक्टर उदय रोकाले जानकारी दिए । 

यसअघि १० भाद्रमा ओखरबजार क्षेत्रमा संकलन भएको १४ जनाको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । १० भाद्रमा शिखरकोट, थानाबजार क्षेत्रमा १३१ जनाको स्वब संकलन गरी ११ भाद्रमा राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाण्डौं पठाइएको छ । 

थाहा नगरपालिकाले  समुदाय स्तरमा कोरोना भईरस फैलिए नफैलिएको यकिन गरी सुरक्षित हुनको लागि प्रत्येक वडाबाट स्वाब संकलन गरी पिसिआर गरिएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०