nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सबैको मन रुवायो ‘जिउँदो लासले’

Arjun-Bhai-01-1489735437.jpg

यी आखाँहरु रसाएका पनि होईनन्..... न खुसी का आँशुहरु नै हुन्.... ढुङ्गामा बज्रिएका चोटहरु झै सयौ छन् यस्ता घट्नाहरु । आजका नारी के घरको चुलोमा मात्रै सिमित हुन् त ? प्रश्न सबैमा हुन्छन् । घट्ना सबैका छन् फरक यति मतै हो कोहि दिल खोलेर रुन्छन् त कोहि भित्रभित्रै। हजारौको मनमा धेरै कुराहरु खेलिरहका होलान् । आजको दिन सम्म आई पुग्दा महिला केवल महिला को हक हितमा बोल्ने त्यो मुख अब महिलाको उन्नति र रोजगराीको लागि पनि सोच्ने कि ?

यो नाटकको  एउटा अंश मात्र हो । नाटक एकदमै दिल छुने थियो, हामो्र वरीपरि घटिरहेको घट्नानै हुन् । यी मैले आँशुु थाम्न सकिन । नाटक मञ्चन गरिरहदा एक सहभागिले भनिन्  । १०७ औं  नारी दिवसको उपल्क्षमा विभिन्न जिल्लामा छुट्टाछुट्टै कार्यक्रम भएका थिए ।  यसै बिच झापाको  चारआली बजार, चन्द्रगढी, गरामनी र ढुवागडी गाविसमा युवराज भुजेलको लेखन तथा मोहन न्यौपानेको निर्देशनमा बनेको नाटक ‘जिउँदो लास’ नव आवाज नाट्य मञ्जले  मञ्चन गरेकोे हो । 

गन्थन गरिरहँदा ..कयौं कुराहरु आए.... जिज्ञासाको थुप्रो थपिरहदा दर्शकको आँशुुले भिजेको मन ‘जिउँदो लास’ भनि भनेका छन् । महिला बालबालिका कार्यलय झापाका प्रमुख ईन्दरा ओझाको अध्यक्षतामा र झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको प्रमुख अतिथ्यतामा रहेको कार्यलयमा झापामा महिला हिंसा बिरुद्धमा काम गर्ने १२ बढी संघ सहभागिता रहेको थियो । नाटक हेर्दै गर्दा प्रमुख जिल्ला अधिकारी त्यसैगरि अन्य दर्शकको आँखाबाट आँशु झरेको थियो । कार्यक्रमा माईती नेपालका झापा जिल्ला कार्यक्रम संयोजक गोविन्द घिमिरे, महिला तथा बालबालिकाको कार्यलय भद्रपुरको तर्फबाट टिका खतिवडा आदिको उपस्थिति रहेको थियो । नाटको समिक्षा तथा पात्र परीचय अर्जुन भु्जेलले गरेका थिए । जेनिसा पोखरेल, सन्दिप थपलिया, संगिता घिमिरे, तारा तामाङ, कुशल पौडेल, समिक्षा थपलिया, बिकास राइलगायत कलाकारले अभिनय गरेका थिए । कार्यक्रममा ८०० भन बढि दर्शकले कार्यक्रमो अवलोकन गरेका थिए ।

मोहन न्यौपानेको निर्देशन तथा युवराज भुजेलको लेखनमा बनेको नाटकमा कलाकारहरु जेनिसा पोखरेल, युवाराज भुजेल, संगिता दाहाल, कुशल पौडेल, अर्जुन भुजेल, तारा तामाङ, मोहन न्यौपाने, अग्रिम थापा, अमित अदिकारी ले अभिनय गरेका थिए । नव आवाज नाट्य समूह झापाले यस अगि महिला हिंसा बिरुद्धको सडक नाटक बिभिन्न ठाउँमा मञ्चन गर्दै आएको छ ।

-अर्जुन भुजेल