Saturday, 27th July, 2024
वि.स.

सकियो पाथीभरा बचत तथा ऋण सहकारीको दशौं साधारणसभा
‘नागरिकलाई उद्यमशील बनाउन सकारीको योगदान छ’–परियार

सहकारी संस्थाहरुकै कारण आम नागरिको आर्थिक हैसियतमा परिवर्तन आएको थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारले बताएकाछन् । सहकारीले मानिसहरुको आर्थिक पहुँच विस्तार गरी उद्यमशील बनाउनको लागि महत्वपूर्ण भूमीका खेलेको अधिकृत परियारले   बताए । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभाका प्रमुख अतिथी समेत रहेका परियारले सहकारीसंग सहकार्य गरी थुप्रै सामाजिक काम गर्न सकिने बताए । उनले भने–‘नगरलाई पर्यटन मैत्री बनाउनको लागि सहकार्य गर्न थाहा नगरपालिकाको कार्यालय तयार छ ।’ आर्थिक कारोबारको साथसाथै सामाजिक उत्तरदायित्व निर्भाह गर्नको लागि पनि सहकारी सक्रिय हुनुपर्ने बताउँदै त्यस्तो कार्यमा पाथीभरा बचत तथा ऋण सहकारी संस्था अगाडि रहेको प्रष्टयाए । 


साधारण सभामा राष्ट्रिय जनमोर्चाका  मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण विष्टले ग्रामिण क्षेत्रमा रहेर पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पु¥याएको योगदानको चर्चा गरे । सँधै राम्रो काम गर्ने संस्थाको आफूले प्रशंसा गर्ने बताउँदै अध्यक्ष विष्टले पाथीभरा बचत तथा ऋण सहकारीको आफू सँधै भलो चिताउन व्यक्ति भएको उललेख गरे । सामान्य गुजारा चलाउने व्यक्तिलाई उद्यमशील र व्यवशायी बनाउने थलो सहकारीकै माध्यमबाट मात्र नागरिकको आर्थिक स्तर माथि उठ्न सक्ने उनले बताए । राष्ट्रिय सहकारी बैंककी केन्द्रीय सदस्य तथा चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष गिता काकीले सहकारीकै माध्यमबाट महिलाहरुको सशक्तीकरणमा सघाउ पुगेको हुनाले उनीहरुको सहभागिता अझै बढाउन आवश्यक रहेको औंल्याइन् । विशेष अतिथी समेत रहेकी कार्कीले महिलाको आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा पहुँच विस्तार भए मात्र एकीकृत रुमा समग्र क्षेत्रको विकासलाई सजिलै अघि बढाउन सकिने बताइन् । पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अर्जुन बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष नवराज विष्ट, नेपाली काँग्रेस थाहानगर समितिका नवराज कार्की, मत्स्यनारायण मावि व्यवस्थापन समितिका अध्यक्ष विनोद जंग थापालगायतले साधारणसभाको शुभकामना व्यक्त गरेका थिए । 


साधारणसभाले सहकारीका अध्यक्ष अर्जुन बहादुर कार्कीको प्रतिवेदन, सचिव रामकुमार कार्कीलेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष देवकृष्ण श्रेष्ठबाट प्रस्तुत आर्थिक प्रतिवेदन पास भएको छ । संस्थाका लेखापाल श्याम तामाङले संचालन गरेको साधारणसभाको उद्घाटन समारोहका राप्रपा नेपालका थाहानगर कमिटी अध्यक्ष हरेराम कार्की, मत्स्यनारायण माविका प्रधानाध्यापक विष्णुहरि ढकाल, संस्थाका पूर्व अध्यक्षहरु गोविन्द कार्की, जीवन बस्नेत, नवराज विष्ट, हिमशिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड आग्राका अध्यक्ष शुभराज गोले तथा स्थानीय संघसंस्थाका पखाअधिकारी, शेयरसदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो । 

उत्कृष्टलाई सम्मान 

सहकारी संस्थाले आर्थिक कारोबारको हिसाबले विभिन्न उत्कृष्ट सदस्यहरुलाई वार्षिक रुपमा सम्मान गर्दै आएकोमा यसपाली पनि उक्त कार्यलाई तिरन्तरता दिएको छ । सहकारीले बचत कारोबार तर्फ थाहा ५, फेदिगाउँकी सपना लामा, थाहा ३, पालुङका भिमकृष्ण श्रेष्ठ, थाहा १, ओखरबजारका सुरेन्द्र प्रधानलाई सम्मान गरेको छ । कर्जा कारोबार तर्फ भने थाहा ७, शिखरकोटका युवराज रायमाझी, थाहा ८, किटेनीका विक्रम के.सी.लाई सम्मान गरेको छ । त्यस्तै रेमिटान्स पठाउने तर्फ थाहा–४, फाँटबजारका निरन्जन थापा र रेमिटान्स प्राप्त गर्ने तर्फ थाहा–४ फेदीगाउँका शंकर कार्कीलाई सम्मान पत्र र सहित सम्मान गरको हो ।


सहकारीले संस्थालाई उच्च स्थानमा पु¥याउनका लागि योगदान पु¥याउने पूर्व पदाअधिकारीहरुलाई पनि सम्मान गरेको छ । दशौं साधारणसभाको अवसरमा संस्थाले पुर्व अध्यक्ष गोविन्द कार्की, जीवन बस्नेत र नवराज विष्टलाई सम्मानपत्र सहित सम्मान गरेको छ । त्यस्तै पूर्व उपाध्यक्ष राधाकृष्ण विष्ट, पूर्व लेखा समिति संयोजक मणीराज ढकाल, ज्ञानराज कार्की र अम्बिका लामिछानेलाई पनि सम्मान गरेको छ । 

के छ सहकारीको अवस्था ? 

पाथीभरा बचत तथा ऋण सहकारी तत्कालिन पालुङ गाविस वडा नम्बर ४ मा स्थापना भएको सहकारी संस्था हो । स्थानीय नागरिकको आर्थिक तथा सामाजिक जीवनस्तर सुदृढ गर्ने उद्धेश्यले वि.सं. २०६३ सालमा यो सहकारी स्थापना भएको हो । 


दशौं वार्षिक साधारणसभामा अध्यक्ष अर्जुन महादुर कार्कीले संस्थाको शेयर पूँजी ४१ लाख ६२ हजार रुपियाँ पुगेको जानकारी दिए । अध्यक्ष कार्कीले आफ्नो प्रतिवेदनमा भनेकाछन् –‘महिलाको सामाजिक, आर्थिक सामाजिक तथा जीवनस्तर उकास्नको लागि महिला समुह गठन गरी सेवा प्रदान गरिएको छ ।’ उनले जेष्ठ सदस्य सम्मान, रोजगारी कर्जा विना धितो सहकारीले उपलब्ध गराउने पनि जानकारी दिए । त्यस्तै जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण, खेलकुदको प्रवर्धन, सामुहिक खेती प्रणालीको लागि कर्जा, महिलाहरुलाई सीपमुलक आय आर्जन गर्न तालिम, गोष्ठिहरुको व्यवस्था, कर्जा लगानीतर्फ प्रक्रिया पु¥याई आएको खण्डमा आर्थिक सुलभ व्याजमा कर्जा लगानी, रेमिटान्सको व्यवस्था, लघुवित्त कार्यक्रम, कर्मचारीहरुलाई संचय कोषको व्यवस्था लगायतका कार्य गरिरहेको जानकारी दिए । 
अध्यक्ष कार्कीले आगामि दिनमा उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृतको कार्यक्रम समेत अघि सारेकाछन् । त्यसैगरी सामुहिक खेती प्रणालीको लागि कर्जाको व्यवस्था, सहकारी तथा गैह्रसहकारी संघ–संस्थाहरुहरुको सहकार्यमा तालिम उपलब्ध गराई सदस्यहरुको जीवनस्तरमा सुधार ल्याउने नीति लिएको लगायत थुप्रै कार्यक्रमलाई आगामि योजनामा समेटेकाछन् । 
सहकारी संस्थाको दशौं साधारणसभा समक्ष समक्ष सचिव रामकुमार कार्कीले हालसम्म संस्थामा महिला ५ सय ३५, पुरुष ५ सय ९५ र संस्थागत ६५ जना सहकारीको सदस्य रहेको जानकारी गराए । संस्थामा ४ सय ३५ जना जनजाति, ६५ जना दलित र अन्य ६ सय ९० सदस्य रहेको आफ्नो प्रतिवेदनमा सचिव कार्कीले उल्लेख गरेका छन् । सहकारी संस्था अन्तर्गत १६ वटा समूहमा २ सय १ जना सदस्य आवद्ध रहेका छन् । संस्थाले समूहमार्फत लघुवित्तको कार्यक्रम संचालन गरिरहेको सचिव कार्कीले बताए । संस्थाले आगामि आर्थिक वर्षसम्म २ हजार ५ सय सदस्य पु¥याउने लक्ष लिएको छ । सहकारीले कृषिमा यान्त्रीकरण, कृषि बीमा लगायतका कृषक हितको क्षेत्रमा पनि कार्यक्रम संचालन गर्ने जनाएको छ । 


थाहानगरको पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी बैंक, मकवानपुर जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संस्था, मकवानपुर र नेफस्कूनमा आवद्ध रहेको सहकारी हो । सहकारीले नेपाल बैंक लिमिटेड, सानीमा बैंक, नविल बैंक, यति विकास बैंक, हिमालय बैंक, ग्लोबल आई्. एम. ई बैंक, प्रमु म्यानेजमेन्ट जस्ता वित्तिय संस्थाहरु संग आर्थिक कारोबार गर्दै आइरहेको छ । पाथीभरा सहकारीले आफ्ना सदस्यहरुलाई आकश्मिक रुपमा विरामी पर्दा, आगलागी, भूकम्प, बाढि, पहिरो लगायतको असहज स्थितिमा १ महिनाको लागि एक लाख रुपैंया विना व्याज प्रदान गर्दै आएको छ । 
थाहानगरको पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७१/०७२ को वासलातमा ३ करोड ११ लाख ५७ हजार ८९१।४४ रहेकोमा आर्थिक वर्ष २०७२/०७३ असार मसान्तसम्म यसमा बढोत्तरी भई ४ करोड ६८ लाख २९ हजार २७०।६२ भई १ करोड ५६ लाख ७१ हजार ३७९।१८ ले वृद्धि गर्न सफल भएको कोषाध्यक्ष देवकृष्ण श्रेष्ठले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।