Friday, 21st August, 2026
वि.स.

संयुक्त शिक्षक संयोजन समिति मकवानपुरको भेला सम्पन्न

teacher-1510402984.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन एबम् एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन द्वारा गठीत संयुक्त शिक्षक संयोजन समिति मकवानपुरको बृहत् शिक्षक भेला आज हेटौडा क्याम्पसमा सम्पन्न भयो । यसअघि बाम घटकमा  आवद्ध पेशागत शिक्षक शक्तिहरु अलग रहेको सन्दर्भमा त्यसको एकताका लागि भेला आयोजना गरिएको संगठनका अध्यक्ष श्रीराम दहालले बताउनुभयो 

प्रतिनिधि सभा क्षेत्र नं २ का संयोजक शिक्षक किशोर बर्ताैलाले मकवानपुरमा शिक्षकहरुको यस्तो भेला  संघिय तथा प्रदेश सभाको चुनावी पूर्विन्ध्यामा पहिलोपट भएकोल ययसलाई  ऐतिहासिक भेलाको नाम दिईएको बताउनुभएको छ । कार्यक्रममा नेपाललाई स्थायी सरकार प्रदान गरि विकासको गतिलाई अग्रदिशामा लैजानका निम्ति शिक्षकहरुको भूमिका बारे केन्द्रित रहेको संयुक्त शिक्षक संयोजन समिति मकवानपुरका सहसंयोजक भोगेन्द्र लुईटेलले बताउनुभयो । 

संयुक्त शिक्षक संयोजन समिति मकवानपुरका संयोजक श्रीराम दहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाम गठवन्धनका प्रदेश सभा सदस्य समानुपातिकका उम्वेदवार मुनु सिग्देल,प्रतिनिधि सभा क्षेत्र नं १ का उम्वेद्वार कृष्ण प्रसाद दहाल, प्रतिनिधि सभा क्षेत्र नं १ख का उम्वेदवार डोरमणी पौडेल, प्रतिनिधिसभा क्षेत्र नंबर २ का उम्मेद्वार विरोध खतिवडा, २ (क) की कुमारी मोक्तान लगायतकाको आतिथ्यता रहेको थियो । भेलामा शिक्षकका संयुक्त पेशागत संस्थाका अगुवाहरु रमेशप्रसाद लामिछाने, तारानाथ खतिवडा, परशुराम गौतम, मोहन शर्मा, सम्भु लामा पद्मा पौडेल, ललित घलान, श्याम छतकुली , लगायतकाको उपस्थिति रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif