Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

बञ्चरो प्रहार गरि श्रीमतीको हत्या गर्ने भुजेल पक्राउ

parau-new-1611826643.jpg

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ । श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३ गते पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीका अनुसार माघ ९ गते राति श्रीमती रमामाया घलान (बजु) लाई टाउकोमा बञ्चरोको पासोले प्रहर गरेका थिए । 

त्यसपछि रमामाया गम्भीर घाइते भई उपचारका लागि चुरे हिल अस्पताल मकवानपुरमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा माघ १० गते बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए ।

फरार रहेका शेरबहादुरलाई काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–४ भण्डारी गाउँस्थित जङ्गल छेउ बाटोमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

शेरबहादुरलाई सिन्धुली जिल्ला अदालतबाट दिन १० को म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०