Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

श्याम प्रसाद शर्माप्रती श्रद्धाञ्जली

हेटौडामा “इच्छुक स्मृति तथा श्याम प्रसाद शर्मा श्रदान्जली सभा” कार्यक्रम सम्पन्न 
जसले जीवनमा जे भने त्यो गरे र जे गरे त्यो मात्र भने । मकवानपुरमा जन्मिएर नेपाली राजनीति र साहित्यमा  प्रगतिशील जग हाल्न  सयौं रचनाहरु बाहिर ल्याउनुभइ, समाज, राजनीति, साहित्य, बालबालिका, महिला, दलित, गरिब, किसान, मजदुर, भाषा, संस्कृति, अनुशासन, परिवार, कार्यशैली, आर्थिक लगायत तमाम विषयमा आफ्नो साना ठूला किताव नै लेख्नुभयो त्यसो त उहाँको बारेमा र उहाँको कृतिको बारेमा अध्ययन अनुसन्धान गरेर डाक्टर बन्नेहरु पनि धेरै नै भइसकेका छन्, हो उही ब्यप्तित्व श्यामप्रसाद शर्मा जो आज  हाम्रो माझ बाट केहि हप्ता अघि मात्रै भौतिक रुप ले टाढा हुनु भयो उही ब्यप्तित्व को सम्झना गर्दै प्र्रगतिशिल लेखक समाज प्रलेसले आज हेटौडामा “इच्छुक स्मृति तथा श्याम प्रसाद शर्मा श्रदान्जली सभा” कार्यक्रम गरेको छ। 
कार्याक्रम हेटौडा क्याम्पसको सभा हलमा पुरुषोतम आचार्यको सभाअध्यक्षतामा प्रलेसका  सल्लाहकार तथा पूर्ब अध्यक्षहरु तथा बरिष्ठ पत्रकार एवम् स्याम प्रसादका समकक्षी कौशल पाण्डे, माओबादी केन्द्र मकवानपुर का प्रमुख प्रेम बहादुर पुलामी लगायत अन्य गन्नेमाने ब्यप्तित्व हरुको उपस्थितिमा श्याम प्रसाद शर्मा को सम्झनामा उहाको यो समाजमा भएको योगदानको चर्चा गर्दै पत्रकारिताको विषयमा पनि उहाँले चलाउनुभएको कलम सबैको लागि एउटा पाठ्यपुस्तककै रुपमा लिन सकिन्छ भन्दै इच्छुक स्मृति तथा श्याम शर्मा श्रदान्जलि कार्यक्रम सम्पन्न भएको छ ।