Thursday, 30th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

शृंखला खतिवडा भइन् मिस नेपाल- २०१८

तस्वीर: रासस

यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि शृंखला खतिवडाले पाएकी छन् ।

द हिडन ट्रेजरले होटेल अन्नपूर्णमा आयोजना गरेको अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै हेटौंडाकी खतिवडाले उपाधि हात पारेकी हुन् ।

यो उपाधिसँगै उनले ‘मिस वल्र्ड’ मा नेपालको प्रतिनिधित्व पनि गर्ने छिन् । खतिवडालाई २०१७ की मिस नेपाल वल्र्ड निकिता चाण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

प्रतियोगितामा ‘मिस नेपाल युनिभर्स’ को उपाधि मनिता देवकोटाले जितेकी छन् भने ‘मिस नेपाल अर्थ’ को उपाधि प्रिया सिग्देलले प्राप्त गरिन् ।

‘मिस नेपाल इन्टरनेशनल’ को उपाधि रोनाली अमात्यले प्राप्त गरेकी छन् ।

हिमालखबरबाट



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०