Wednesday, 1st July, 2026
वि.स.

शिखरकोटमा वृहत्त सरसफाई कार्यक्रम संचालन

मकवानपुर थाहा नगरपालिकाको आयोजनामा १२ फागुनमा नगरको शिखरकोट स्थित बजार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत भिम परियारको विशेष उपस्थितमा भएको सरसफाई कार्यक्रम शिखर क्लब र शिखरकोट बजार व्यवस्थापन समितिको समन्वयमा भएको हो । 

कार्यक्रममा इलाका प्रहरी कार्यालय पालुङका प्रमुख तथा प्रहरी निरीक्षक विरेन्द्रकुमार पासवानको नेतृत्वमा आएका प्रहरीहरु तथा नयाँ सबुज गणका उपसेनानी दिवाकर खड्काको नेतृत्वमा उपस्थित नेपाली सेनाको सक्रियतामा सरसफाई भएको हो । बजार क्षेत्रमा बढ्दै गएको फोहोरले वातावरण प्रदुषण भएकोले सरसफाईमा नेपाल प्रहरी र नेपाली सेनाले सक्रियता देखाएका हुन् ।

थाहा नगरपालिकाले नगरको प्रमुख बजार क्षेत्रमा सरसफाई अभियान संचालन गर्दै आएको छ । नगरपालिकाले नगरबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न सेरिगेसन हाउस बनाउने योजना समेत बनाएको छ ।