Wednesday, 19th August, 2026
वि.स.

शहरी विकास ऐन बनाउने सरकारको तयारी

सरकारले शहरी विकास ऐन बनाउने तयारी गरेको छ ।

शहरी विकास मन्त्रालयले सहरी विकास योजनालाई एकीकृत ढंगले अघि बढाउन शहरी विकास ऐन ल्याउने तयारी भइरहेको जानकारी गराएको छ । शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले शहरी विकास योजनालाई एकीकृत ढंगले अघि बढाउन ऐनकै व्यवस्था गर्न लागिएको जानकारी दिए ।

सरकारले शहरी विकास योजनालाई कार्यान्वयनमा लैजान राष्ट्रिय आवास नीति, २०६८ पनि पारित गरिसकेको छ । सरकारले जनता आवास कार्यक्रममार्फत् हालसम्म समुदायलाई ६ हजार आवास निर्माण गरी हस्तान्तरण गरेको छ । यस वर्ष २५ हजार आवास बनाएर जनतालाई हस्तान्तरण गर्ने योजना बनाइएको पनि सचिव शर्माले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif