Friday, 2nd October, 2026
वि.स.

वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने बहानामा ३० जनासँग सवा करोड ठगी

suruchi_YY9iYmfkaG-1695729937.jpg

टर्कीमा भूकम्प पछिको पुनर्निर्माणका लागि वैदेशिक रोजगारीमा पठाइदिने भन्दै एक करोड बढी ठगी गर्ने समूहकी महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–५ लेखनाथ टोलका ३२ वर्षीय सुरुची भुजेल रहेकी छन् ।

प्रहरीका अनुसार पोखरा–५ लेखनाथ टोल स्थायी ठेगाना भएका वर्ष ४२ का विनोद श्रेष्ठ समेतले सिर्जन कुमार राई समेत ३० जनालाई टर्कीमा गएको भूकम्प पश्चात पुनःनिर्माणका लागि यूएनले सहयोग गर्ने उद्देश्यले मासिक चौध सय अमेरिकी डलर तलब दिने प्रलोभन देखाई वैदेशिक रोजगारीको लागी टर्की पठाई दिने भनी १ करोड १५ लाख ९९ हजार आठ सय रकम ठगी गरेका थिए ।

सो सम्बन्धी आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंबाट प्राप्त जाहेरी दरखास्तका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले भुजेललाई पक्राउ गरेको हो ।

असोज ६ गते पोखराबाट पक्राउ परेकी भुजेलविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिई ठगी सम्बन्धी कसूरमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif