nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विद्यार्थी भर्नाका लागि पालुङ क्याम्पसले टिकटक प्रतियोगिता गर्दै

palung-campus-1692098227.jpg

स्नातक तहका नयाँ विद्यार्थीका लागि भर्ना खुलेको विषयलाई प्रचारप्रसार गर्न पालुङ बहुमुखी क्याम्पसले टिकटक प्रतियोगिता गर्ने भएको छ । अहिले सोसल मिडियामा टिकटकको क्रेज बढिरहेको बेला सोको उपयोग गर्दै क्याम्पसले टिकटक प्रतियोगिता गर्न लागेको हो ।

क्याम्पसमा क्रियाशील स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा हुने प्रतियोगिताको सूचना जारी गरिसकिएको स्ववियु अध्यक्ष पुस्कल श्रेष्ठले जानकारी दिए । आगामी २० भदौसम्म प्रतियोगितामा सहभागी हुन सक्नेगरी जारी सूचनामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. ५०००, ३००० र २००० नगद पुरस्कारको घोषणा गरिएको छ ।

टिकटक क्याम्पसको नयाँ विद्यार्थी भर्ना अभियानलाई सहयोग पुग्ने  हुनुपर्नेछ । प्रतियोगितामा सहभागी हुने टिकटक बढीमा ३ मिनेटसम्मको हुनुपर्ने र उक्त  सामग्री उत्पादनकर्ताले आफ्नो टिकटक प्रोफाइलमा अपलोड  गरी क्याम्पसको  फेसबुक मेसेन्जरमा लिङ्क पठाउनुपर्ने जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पालुङ बहुमुखी क्याम्पसले शैक्षिक सत्र २०८०÷८१ का लागि स्नातक तहको बिए प्रथम वर्ष र बिबिएस प्रथम वर्षमा भर्ना खुलेको जनाएको छ । बिएमा अँग्रेजी, समाजशास्त्र, नेपाली र अर्थशास्त्र मुख्य विषय रहेको क्याम्पस प्रमुख राजन मिश्रले जानकारी दिए ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)